दुलेगौंडा । तनहुँको भिमाद रङ्गशालामा ३ लाख राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बिहिबार बेस्ट ब्वाइज क्लबले पत्रकार सम्मेलन गरी ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–८२’ (प्रतियोगिता) बारे जानकारी गराएको हो ।
प्रतियोगिताको विजताले नगद ३ लाख १९९, द्वितीय हुनेले २ लाख १९९ र सान्त्वना हुनेले ५०/५० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले नगद १०/१० हजार साथमा शिल्ड प्राप्त गर्ने छ ।
‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–८२’ मिनि टाइगर कपको रुपमा स्थापित गर्ने क्लबका अध्यक्ष संसार अञ्जन सुवेदीले बताए । उनका अनुसार प्रतियोगितामा एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब, न्यू होराइजन, घले हार्वेस्टिङ्ग अष्ट्रेलिया, न्युटन कलेज टिम सहभागि हुने छन् । प्रतियोगितामा भलिबल खेल साथै समिक्षा अधिकारी, निष्चल दुवाडी, प्रकाश दुतराज, आश्मा विश्वकर्मा, अर्जुन सापकोटा, सविन राईको ब्याड, बद्री पँगेनी, शान्तारानी परियाल लगायतले संगितिक प्रस्तुति राख्ने छन् । प्रतियोगिता माघ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ ।














