दुलेगौंडा । माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय भिमादले ब्रेन ट्युमर भएकी दीक्षा थापाको उपचारका लागि ५० हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपचारमा आर्थिक अभावको खबर सुनेपछि विद्यालयका पूर्व विद्यार्थी, विद्यार्थी, शिक्षक तथा कर्मचारीले रकम सङ्कलन गरी सहयोग गरेको हो ।
माउण्टमा अन्नपूर्णमा ७ कक्षासम्म पढेकी दिक्षाले जनज्योती विद्यालयबाट एसइइ दिएकी थिइन् । १५ बर्षको उमेरमा गम्भिर रोगले ग्रसित भएपछि मानविय हिसाबले दिक्षाको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको विद्यालयका शिक्षक प्रकाश ढकालले जानकारी दिए ।
सहयोग र मानवता जस्ता मूल्यहरू किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारमा समेत उतार्न सक्नुपर्ने विद्यालयका प्रधानाध्यापक शोभाकान्त पाण्डेले बताए ।
भिमाद नगरपालिका–२, रघु निवासी थापाको यतिबेला स्मरण शक्ति गुमेको छ । हालसम्म थापाको २ वटा सफल सल्यक्रिया भइसकेको छ । परिवारमा आर्थिक अभाव रहेको कारणले आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।













