दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी-१२ लामागाउँमा प्रथम फिरफिरे कप, वडा स्तरीय भलिबल प्रतियोगिता सुरू भएको छ । त ल्हाेसार तथा फिरफिरे खेलमैदान समुद्घाटनकाे अवसरमा उक्त प्रतियोगिता सुरू भएको हाे ।
प्रतियोगिताकाे पहिलो दिन ४ खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा शुक्लागण्डकी-१ ले शुक्लागण्डकी-१० लाई २-० काे साेझाे सेटमा पराजित गर्दै दाेस्राे चरणमा प्रवेश गरेको छ । यसैगरी प्रतियाेगितामा पुतलीबजार-७ ले लामागाउँलाई, शुक्लागण्डकी-११ ले जस्पुरलाई र शुक्लागण्डकी-३ ले आयाेजक `बि´ लाई पराजित गरेको युवा तथा खेलकुद समिति फिरफिरेका संयाेजक टुकबहादुर गुरूङले जानकारी दिए ।
प्रतियोगिताकाे विजेताले नगद १ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगद ६० हजार, तृतीयले नगद २० हजार र सान्त्वनाले १० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताकाे उत्कृष्ट खेलाडीले नगद ५ हजार र विधागततर्फ २ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताकाे उद्घाटन प्रथम पुरस्कार प्रायाेजक युके निवासी खेमप्रसाद गुरूङ र वडा सदस्य चेत बहादुर गुरूङले गरेका हुन् । प्रतियोगिता नकआउटका चरणमा खेलाइने खेल संयाेजक विशाल गुरूङले जानकारी दिए । प्रतियोगिता पाैष २३ गते सम्पन्न हुने छ ।













