दुलेगौंडा । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । आजबाट गुरुङ समुदायले सर्प वर्गालाई विदाई गरि घाेडा वर्गालाई स्वागत गर्ने छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित पुलचोक क्षेत्रमा पनि दुलेगौंडा–गणपति तमु समाजले संस्कृतिक कार्यक्रमका बिच ल्होसार पर्व मनाउदै छन् । पर्वकाे अवसरमा शुभकामना आदनप्रदान साथै खेलकुद कार्यक्रम गरिने बाैद्ध गुम्बा तथा तमु छाेंज धिं फैलु क्हाेइवाेका अध्यक्ष सु. जित बहादुर तमुले बताए ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस १५ अर्थात् तमु ल्हाेसार हर्षाेल्लासका साथ मनाइदै छ ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ













