दुलेगौंडा । शुक्ला सहित्य सङ्गमा तनहुँले आयाेजना गरेको वडास्तरीय रत्याैली गीत प्रतियाेगितामा शिवशक्ति आमा समूह प्रथम भएको छ । जितसंगै समूहले नगद ७ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा मिलन मुवा समूह द्वितीय, शान्ति विकास समूह तृतीय र अमृत आमा समुह सान्त्वना भएको छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, १ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी-१ का अध्यक्ष रविचन्द्र पाैडेलले भाषा, कला, साहित्य र संस्कृतिकाे संरक्षणमा शुक्ला साहित्य सङ्गमले अग्रणी भूमिका निर्वाह गरेको बताए । साथै उनले स्थानीय माैलिक रत्याैली गीतमा देखिएकाे विकृति हटाउटै सभ्य तवरले पनि रत्याैली गीत गाउन सकिने सन्देश दिएकाे बताए ।
सङ्गमका अध्यक्ष टुकादेवी आचार्य पाैडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य महमद जब्बर दिन मिया, लक्ष्मी भण्डारी, वडा सचिव शिवराज ढकाल, साहित्यीक व्यक्ति करुणा उदासी, शुक्ला साहित्य सङ्गमका संस्थापक अध्यक्ष राजन रिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा सम्पन्न कार्यक्रममा सङ्गमको २१४ औँ साहित्य शृङ्खला पनि सम्पन्न भएको थियाे ।













