दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगरपालिका -८ नम्बर वडा कमिटीकाे अध्यक्षमा लक्ष्मण महत चयन भएका छन् । शनिबार शुक्लागण्डकी-८, फिर्दिमा सम्पन्न पार्टीको प्रथम वडा अधिवेशनले महतकाे सभापतित्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हाे ।
समितिकाे उपसभापतिमा ज्ञानुमाया गाेतामे, सचिवमा जगदीश काफ्ले, सदस्यमा खिमलाल पाैडेल, पेम्बा गुरूङ, कृष्णबहादुर बसेल र करिश्मा क्षेत्री बानियाँ चयन भएका छन् ।

रास्वपाका केन्द्रीय उर्जा विभाग प्रमुख श्रीराम न्याैपानेले पार्टीलाई बलियाे बनाउन वडा तह नै सक्रिय हुनुपर्ने बताए । पार्टीले अवसरवादिलाई नभइ सक्षम व्यक्तिलाई स्थाने दिने हुदाँ याेग्यता बनाउन पार्टीमा आबद्ध पदाधिकारीलाई आग्रह गरे ।
रास्वपा शुक्लागण्डकी नगर कमिटीका सभापति हरि खड्काकाे सभापतित्वमा सम्पन्न कार्यक्रमा केन्द्रीय यातायात विभाग सदस्य विकास सिग्देल, गण्डकी प्रदेशका विभागीय प्रमुख डा. शेषरमण न्याैपाने, रास्वपाका जिल्ला उपाध्यक्ष विजय जाेशी लगायतले बाेलेका थिए । कार्यक्रममा पार्टीका नगर सहसचिव टाेपबहादुर महतले स्वागत मन्तव्य दिएका थिए भने नगर सचिव राजेश पाण्डेले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।













