काठमाडौ । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएकाे छ । उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
रविकाे थुनामुक्तकाे खबर पछि अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् । आदेश जारी गर्दै उनलाई तीनवटा शर्त पनि तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।
पहिलो शर्त : उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ ।
दोस्रो शर्त : उनी थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ ।
तेस्रो शर्त : उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने भनेको छ । तर रवि लामिछानेले शुरुमै त्यो पेश गरिसकेकाले शर्तको रुपमा अघि बढेको देखिँदैन ।













