दुलेगौंडा । दुलेगौंडा-हर्कपुर माेटर मार्ग निर्माण कार्य लामाे समयदेखि अलपत्र अवस्थामा रहेकाे छ । कहिले ठेकेदारकाे लापरबाही त कहिले मद्दा मामिलाले माेटर मार्ग प्राय अलपत्र अवस्थामै पर्दछ । यस समस्या समाधानका निम्ति शुक्लागण्डकी-३ का अध्यक्ष सचिन भुजेलकाे संयाेजकत्वमा समस्या समाधान समिति गठन भएको छ ।

आइतबार वडा कार्यालयमा भएको वडा भेलाले मार्ग निर्माणकाे बाटाे खुलाउन समिति गठन भएको हाे । समितिकाे सदस्यमा विक्रम थापा मगर, रामशरण बस्नेत, ध्रुवराज लाम्गाते, दिपक परियार, इन्द्रबहादुर विक,राजेन्द्र राउत, रामशरण भण्डारी, सन्ताेष श्रेष्ठ, रामजी खत्री, राजन रिमाल र कृष्णप्रसाद सापकोटा रहेका छन् ।

हर्कपुर माेटर मार्ग निर्माण सम्पन्न हुनुअघि पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठले आफ्नो लेनदेनकाे विषय देखाई अदालतमा निर्माण कम्पनी शंकरमाली निर्माण सेवाकाे खाता राेक्का गराए । कार्तिक १८ गते नगरमा श्रेष्ठ र शंकरमालीका श्याम लामा बित खाता फुकुवा गर्न भद्र सममति भएको थियाे । सहमति अनुसार पूर्ववडाध्यक्ष राम श्रेष्ठले कार्तिक २४ गते फुकुवा गरे भने साेही दिन राजु रिमालले पनि लेनदेनकै विषय देखाएर खाता राेक्का गर्न मुद्दा हाले । यही समस्या समाधान गरी निर्माण कार्यकाे बाटाे खुला गर्न यश समिति गठन भएको हाे ।












