दुलेगौंडा । तालवेसी माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति अध्यक्षमा युवराज पराजुली चयन भएका छन् । विद्यालयकाे बृहत् अभिभावक भेलाले पराजुलीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।
समितिकाे सदस्यमा जितबहादुर गुरुङ, दमयन्ती लामिछाने चापागाईं, सविता सुनार, सुमन श्रेष्ठ, सन्तोष थापा चयन चएका छन् ।
यसैगरी शिक्षक अभिभावक संघकाे अध्यक्षमा सन्दिप श्रेष्ठ चयन भएका छन् ।













