दुलेगाैडा । तेस्रो पटकसम्म लगातार पञ्चमुनिदेव माविले रनिङ शिल्डकाे उपाधि जित्दै शिल्ड आफ्नो पक्षमा पारेको छ । साताै रनिङ शिल्डमा १७ स्वर्ण, ८ रजत र ८ कास्य पदक हात पार्दै रनिङ शिल्डनै आफ्नो पक्षमा पारेको हाे ।

यसैगरी रनिङ शिल्ड प्रतियोगितामा अरनिको आवसीय माध्यमिक विद्यालय खैरेनीटारले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदक हात पार्दै द्वितीय भएको छ भने आधारभूत माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत र १ कास्य पदक सहित तृतीय भएको छ ।

पञ्चमुनिले २०७६ साल सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियाे । २०७६ सालमै सम्पन्न दाेस्राे राष्ट्रपति रनिङ शिल्डमा हंशवाहिनीले शिल्ड जित्दा पञ्चमुनि द्वितीय भएको थियाे । २०७७ सालकाे तेस्राे राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको पञ्चमुनि २०७९ मा सम्पन्न चाैथाे राष्ट्रपति रनिङ शिल्डमा तेस्राे भयाे भने तालवेसी मावि प्रथम बन्न सफल भयाे ।

त्यस यताका पाँचाै, छैठाैं र साताैं रनिङ शिल्ड प्रतियोगितामा निरन्तर प्रथम हुँदै शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको हाे ।
साताैं राष्ट्रपति रनिङ शिल्डमा सम्पूर्ण विद्यालयकाे नतिजा :














