दुलेगौंडा । साताै शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेव मावि शीर्ष स्थानमा रहेको छ । दाेस्राे दिनसम्ममा पञ्चमुनिले ९ स्वर्ण, ४ रजत र ४ कास्य पदक हात पारेको छ ।
यसैगरी प्रतियोगितामा अरनिको आवसीय मावि खैरेनीटार दाेस्राे स्थानमा छ । अरनिकोले हालसम्मा १ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको छ भने तेस्रो स्थानमा रहेकाे नेपाल पुलिस स्कुलले १ स्वर्ण र १ रजत पदक हात पारेको छ ।
प्रतियोगितामा आधारभूत माविले १ स्वर्ण र १ कास्य पदक, खैरेनी माविले १ स्वर्ण, तालवेसी माविले २ रजत र २ कास्य पदक, बालविद्या मन्दिर माविले ३ रजत, गाफा मावि र जनप्रेमी माविले समान १/१ रजत पदक र ज्ञान बगैंचाले १ कास्य पदक हात पारेको नेपाल पुलिस स्कुलका शिक्षक महेश बस्नेतले बताए ।
हालसम्मको अङ्क तालिका













