दुलेगौंडा । साताै शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे पहिलो दिनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयले अग्रता कायम गरेको छ । पञ्चमुनिले पहिलो दिनमै ३ स्वर्ण, १ रजत र २ कास्य पदक हात पारेको छ ।
यसैगरी प्रतियोगितामा खैरेनी मावि १ स्वर्ण सहित दाेस्राे, अरनिको आवसिय मावि खैरेनीटार १ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा छ ।

यसैगरी प्रतियोगितामा बालविद्या मन्दिर मावि र जनप्रेमी मावि समान १/१ कास्य पदक प्राप्त गरेको नेपाल पुलिस स्कुलका शिक्षक महेश बस्नेतले बताए ।














