दुलेगौंडा । सेतीकाली साहित्य सङ्गम, तनहुँले आयोजना गरेको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सरस्वती नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सहभागी ५ विद्यालयलाई पछि पार्दै सरस्वती प्रथम भएको हाे । प्रथम भएसंगै सरस्वतीले ३ हजार बराबरको शैक्षिक सामग्री र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा खैरेनी मावि द्वितीय, जनकल्याण मावि र कुश्मावती मावि तृतीय भएको छ । प्रतियोगितामा द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः २ हजार र १ हजार बराबरको शैक्षिक सामग्री र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा हंशवाहिनी मावि र शुक्ला आवि भएको छ ।
सङ्गमका अध्यक्ष नारायण कैलास सिग्देलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिं थापा, कुस्मावती माविका प्रअ सीता गिरी लगायतको उपस्थिति रहेको थियाे ।













