दुलेगौंडा । ईन्जिनियर श्रीराम न्याैपानेले पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई डिजिटल स्मार्ट बाेर्ड हस्तान्तरण गरेका छन् । सिकाइलाई प्रविधिमैत्री बनाउन स्मार्ट बाेर्ड हस्तान्तरण गरिएको न्याैपानेले बताए ।

काठमाडौंका उत्कृष्ट विद्यालयकाे कक्षामा हुने गतिविधिलाई तनहुँका ग्रामीण भेगका कक्षासम्म पुर्याउन स्मार्ट बाेर्ड हस्तान्तरण गरिएको न्याैपानेले बताए । उनका अनुसार पहिलो चरणमा तनहुँका शिव सरस्वती मा वि, रिसिङ -८, सरस्वती मा वि, घिरिङ- ५, मिन मा वि, थर्पु, पञ्चमुनिदेव मा वि, दुलेगौंडा, जनजुक्त शाही मा वि, साँगे, सिद्धार्थ मा वि, किहुँलाई उक्त वाेर्ड हस्तान्तरण गरिने बताए ।

शुक्रबार ई.न्याैपाने सहित सामाजिक अभियान्ता शंकर पन्तले विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी र सहायक प्रधानाध्यापक विमल जाेजिजुलाई एक कार्यक्रम बिच बाेर्ड हस्तान्तरण गरेका हुन् ।
तनहुँकाे भानुमा जन्मिएका न्याैपाने हाल सिक्लेसमा अन्डरग्राउड हाइड्रोपावर निर्माणका निर्देशक भइ कार्य गरिरहेका छन् ।













