दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले कार्तिक २४ गतेदेखि लागु हुनेगरी हरेक हप्ताको सोमबार बजार बन्द गर्ने निर्णय गरेको छ । यस निर्णय विरुद्ध गएर नगर भित्रको ७ वटा मोटरसाइकल शोरुम र सो संग सम्बन्धीत वर्क्ससपहरूले शनिबार बन्द गर्ने निर्णय गरेका छन् ।
शोरुमहरुको संयुक्त टोलीले कार्तिक २२ गतेदेखि यो निर्णय लागु हुने पत्रमा उल्लेख छ । शुभेच्छा अटो वर्क्स–बजाज शोरुम, सुन्दर अटो वर्क्स–यामाहा शोरुम, राम्जाली ट्रेर्डस–टिभिएस शोरुम, शुक्ला मोर्टस–होण्डा शोरुम, दिपशिखा अटोट्रेड–हिरो शोरुम, सम्पदा अटोमोबाइल्स–सुजीकी शोरुम र सिताज लाइफ स्टाइल–भेस्पा शोरुम सञ्चालकहरुको संयुक्त हस्ताक्षर र छाप सहित निर्णय सार्वजनीक गरेका छन् ।













