दुलेगौंडा । शितलवस्ति टोल विकास संस्थाले जेन्जी आन्दोलनबाट प्रभावित रहेकाे शुक्लागण्डकी नगरपालिका-९ नम्बर वडा कार्यालयलाई दराज सहयोग गरेको छ ।
जेन-जी आन्दोलनमा खरानी भएको वडा कार्यालयलाई ब्युताएर पुन: सेवा सुचारु गराउन सहयोग हाेस् भन्ने हेतुलेदराज वितरण गरिएको संस्थाका अध्यक्ष राेहित पाैडेलले बताए ।
वडा अध्यक्ष धनबहादुर थापाले कार्यालय सञ्चालनका लागि अति आवश्यक सामाग्री प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
यसअघि कार्यालयबाट सहयोग लिइरहेकोमा हाल सहयोग दिनु पर्ने परिस्थितिमा हामी पछि हट्न नहुने भन्दै सहयोग गरेको टोल बासी एवम् तालवेसि माध्यमिक विद्यालयका शिक्षक दामोदर रेग्मिले बताए । उक्त कार्यक्रममा वडा सदस्य कमल थापा र सचिव महेन्द्र घिमिरे समेत उपस्थित रहेको थियाे ।













