दुलेगौंडा । ७० ओैं प्रहरी दिवसकाे अवसरमा नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचाैताराले मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा सरसफाइ गर्नुका साथै वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ ।
`नागरिक प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य´ भन्ने नाराकाे साथमा पर्यटकीय स्थल च्यवन धाम परिसरमा सरसफाइ गर्नुका साथै आश्रममा रहेका ७ जना जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको प्रहरी नायब उपरीक्षक हिरासिं महराले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक महराको कमाण्डमा १०० जनाकाे टाेलीले धाम परिसरमा रहेका मन्दिर, गुम्बा, १०८ धारा, १०८ वरपिपल, खुला चाैर सरसफाइ गरेको हाे ।













