दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाका भीष्म श्रेष्ठले जन्मदिनको अवसरमा विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्लागण्डकी नगरपालिकाकाे नगर प्रमुखकाे स्वाकीय सचिव, नेपाली काँग्रेस शुक्लागण्डकी नगर कार्यसमितिका सह-सचिव र साथी इन्स्टिच्युटका निर्देशकसमेत रहेका श्रेष्ठले २६ ओैं जन्मदिनको उपलक्ष्यमा शुक्लागण्डकी नगरपालिका–१० स्थित शुक्ला आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

श्रेष्ठले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा लगानी गर्न सके पनि समाजकाे पनि भलाे हुने बताए । `जन्मदिन हँसिलो केक र शुभकामनामा मात्र सीमित हुन आवश्यक छैन । आज म आफ्नो खुसीलाई यी बालबालिकासँग बाँडेर, समाजप्रतिको सानो दायित्व पूरा गरेको अनुभूति गर्दैछु। म यसलाई हाम्रो साझा भविष्यप्रतिको लगानीका रूपमा लिन्छु। यदि प्रत्येकले आफ्नो विशेष दिनमा समाजका लागि सानो कदम चाल्यो भने, हाम्रो समुदाय अझ समृद्ध र उज्यालो बन्नेछ´उनले भने ।
विद्यालयका प्रधानाध्यापक विष्णु गुरुङ ‘महत’को,सोही वडाका वडा सदस्य विमल राना मगर, युवा समाजसेवी सुनिल तिमिल्सेना, गोविन्द मगर लगायतको उपस्थिती रहेको थियो।












