दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा रास्वपा शुक्लागण्डकी नगर समितिले जेन-जी आन्दोलनमा सहादत प्राप्त वीरहरूकाे सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । गत भदाै २३ गते जेन-जी आन्दोलन भएको हुदाँ त्यसैले एक महिना पूरा भएकाे स्मृतिमा श्रद्धा सुमन सहित दीप प्रज्वलन कार्यक्रम गरेको हाे ।

कार्यक्रममा बाेल्दै रास्वपाका प्रदेश प्रवक्ता शंकर पन्तले युवाकाे सपना साकार पार्न सबै अग्रसर भएर लाग्नुपर्ने बताए । देशमा न्याय र अधिकार माग गर्दा मर्नुपर्ने स्थितिकाे अन्त्य गर्न सरकार पक्ष सधै सजक हुनुपर्ने बताए ।

रास्वपाका शुक्लागण्डकी नगर समितिका सचिव राजेश पाण्डेकाे अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा रास्वपा जिल्ला काेषाध्यक्ष पवित्रा पाेखरेल, रास्वपा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुन्दर बस्याल लगायतले मन्तव्य राखेका थिए भने रास्वपा नगर सहसचिव ताेपेन्द्र महतले कार्यक्रम सञ्चालन गरेका थिए ।












