दुलेगौंडा । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले चाडपर्व सुरू भएसंगै विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
दशैं, तिहार, छठ सबैको पर्व रहेकाे हुदाँ विपन्न नागरिकको घरमा पनि पर्व भित्र्याउन खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष आलेले बताए । आफूले रिसिङ गाउँपालिका-७ मा बसाेवास गर्ने ६ परिवारलाई करिब २९ हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बताए ।












