दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-८ मा रहेको बाराही लहरी बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार हिमाली टोल सामुदायिक भवनमा उक्त साधारण सभा सम्पन भएको हाे ।
सहकारीका अध्यक्ष भानुभक्त पाैडेलले सहकारीले रकम जम्मा गर्न मात्रै नभई सामाजिक कार्यमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भाद्र २३ र २४ गते भएको जेन्जी आन्दालनमा हाम्रो ८ नं. वडामा क्षती भएको हुँदा संस्थाले वडा कार्यालयलाई १ थान अफिस टेवल र १ थान फाइल दराज समेत हस्तान्तरण गरेको बताए ।
संस्थामा कुल ४७५ जना सेयर सदस्य रहेका छन् । संस्थाको सेयर रकम ३ कराेड ७३ लाख हजार बचत, रु १४ कराेड ९१ लाख १४ हजार ५४४.९४ रूपैयाँ लगानी रु १६ कराेड५ लाख ९२ हजार ४२८.९६ जगडा रहेको अध्यक्ष पाैडेलले बताए ।
पाैडेलकाे सभापतित्व र प्रमुख अतिथि संस्थाका जेष्ठ सेयर सदस्य लेखनाथ कापले उपस्थित कार्यक्रममा संस्थाका काेषाध्यक्ष ढाकाराम पौडेलद्वारा वार्षिक आय व्यय प्रस्तुत, लेखा समिति संयोज भिम प्रसाद वाग्लेद्वारा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियाे । संस्थाले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु कुमारी वि.क, उमादेवी भण्डारी र तेजुमाया गुरुङलाई सम्मान तथा पुरस्कृत गरिएको ।
कार्यक्रम संस्थाका सचिव श्री विष्णु प्रसाद पोखेलले संचालन गनुभएको थियो ।












