दुलेगौंडा । नेतृत्व र व्यक्तित्व विकास साथै सामाजिक कार्यमा क्रियाशील रहेको शुक्लागण्डकी जेसीजले तालवेसी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम साथै सेनेटरी प्याड वितरण गरेको छ । जेसीजले जेसीज सप्ताहन्त कार्यक्रम अन्तर्गत रहेर यस कार्यक्रम गरेको हो ।

विद्यालयका प्रधानाध्यापक धु्रव कुमार वाग्लेले विद्यार्थीहरुको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको कार्यक्रम उत्कृष्ट रहेको बताए । व्यक्तिगत स्वास्थ्य र सामाजिक स्वास्थ्यले राष्ट्रको विकासमा ठुलो टेवा पु¥याउने समेत बताए ।
किशोरावस्थामा प्रवेश गरेको छात्रा विद्यार्थीलाई महिनावारी सम्बन्धी पर्याप्त जानकारी नहुने र संकोचका कारण लुकाएका व्यथाले पछि ठुलो समस्या निम्त्याउने हुदाँ स्वास्थ्य सचेतना सहित प्याड वितरण कार्यक्रम गरिएको जेसीज अध्यक्ष प्रकाश विकले बताए ।

जेसीज अध्यक्ष विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका नर्सिङ्ग अधिकृत कविता पौडेलले मपहनावारी र व्यक्तिगत स्वास्थ्य सम्बन्धी साचेत गराएकी थिइन् । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष रमेश भण्डारी, कार्यक्रमका मुल संयोजक मदन सिग्देल, लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जेसी भीष्म श्रेष्ठले गरेका थिए ।














