दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) रामचन्द्र लाम्गादेलाई फेरी भेटौला कार्यक्रमका बिच विदाइ गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्ने क्रममा लाम्गादेलाई नवलपुर जिल्लाको गैडाकोट नगरपालिका सरुवा गरेको थियो । मन्त्रालएको परिपत्र अनुसार सुरुवा हुने भएपछि नगरले प्रप्रअ लाम्गादेलाई विदाई गरेको हो । लाम्गादे २०८० भदौ १८ मध्यनेपाल नपा बाट शुक्लागण्डकीमा आएका थिए ।
शुक्लागण्डकीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न शिशिर पौडेल आउने भएका। स्रोतका अनुसार स्याङ्जाका पौडेल यस अघि मुस्ताङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारी र तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेको अनुभवि छ। उनी भदौ १८ गते शुक्लागण्डकीमा हाजिर हुने छन् ।













