भिमाद । नेवा देय् दबू गण्डकी प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय लाखे नाच प्रतियोगितामा गाछेपानी–हट्टेली नेवा पुच एकिकृत साँस्कृतिक समूह प्रथम भएको छ । शनिबार भिमाद रंगशालामा भएको प्रतियोगितामा सहभागि ५६ समूहलाई पछाडि पार्दै गाछेपानी–हट्टेली समूह प्रथम भएको हो । जितसंगै समूहले नगद १ लाख १ हजार १११ साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा रुपा देउराली नेवा खल कास्की द्वितीय भएको छ । द्वितीय भएको रुपमा देउरालीले नगद ६१ हजार १११ साथमा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा गल्याङ्ग नेवा समाज स्याङ्जा , बेसीशहर नेवा खल लमजुङ , देवी देउराली गोर्खा , देवचुली नेवा गुठी कावासोती , भिष्म नेवार समाज सांस्कृतिक खल भिमाद , नेवा साँस्कृतिक पुच पर्वत , सृजनशिल नेवा खल खैरेनीटार , नेवा देय् दबू शहीद लखन थापा गाउँपालिका गोर्खा सान्त्वना भएको छ र सान्त्वना हुने ८ समूहले जनही १५ हजार रुपैयाँ साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
नेवा देय् दबू गण्डकी प्रदेश समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेश सभा सदस्य जितप्रकाश आले, श्यामराजा महत, भिमाद नगरपालिकाका नगरप्रमुख ददिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, ऋषिङ गाउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहको थियो ।













