दुलेगौंडा । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको बिएड् चौथो बर्षको परिक्षामा हरि खरेलले तनहुँ जिल्लामै द्वितीय स्थान हासिल गर्न सफल भएको भानुभक्त बहुमुखी क्याम्पसले दाबी गरेको छ ।
खरेलले २०८२ जेठमा सञ्चालन भएको परिक्षामा ७३ प्रतिशत अर्थाथ ३६५ अङ्क प्राप्त गर्दै जिल्लामै द्वितीय हुन सफल भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख धनप्रसाद पोख्रेलले बताए । जिल्लाका विभिन्न क्याम्पसमा गरिएको सर्वेक्षणमा खरेल द्वितीय भएका हुन् । परिक्षामा आदिकवि भानुभक्त क्याम्पस दमैलीकी सलिना गुरुङ् प्रथम भएकी छिन् । उनले परीक्षामा खरेलले प्राप्त गरेको अङ्कमा २ अङ्क बढी अर्थात ३६७ अङ्क प्राप्त गरेकी छिन् ।












