दुलेगौंडा । निजि तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)ले प्रस्तावित शिक्षा विधेकमा असन्तुष्टि जनाउर्दै जिल्ला प्रशासन कार्यालय तनहुँलाई ज्ञापन पत्र बुझाएको छ । बिहिबार प्याब्सन तनहुँका अध्यक्ष नारायण क्षेत्री, सचिव चोलाकान्त पाण्डे लगायतले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रस्तावित शिक्षा विधेकले निजि विद्यालयको मर्म विपरित नीति समावेस गरेको हुदाँ तत्काल संसोधन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएको प्याब्सन तनहुँका अध्यक्ष नारायण क्षेत्रीले जानकारी दिए ।
४ वटा बुदाँमा अुन्तुष्टि जनाउर्दै प्याब्सनले ज्ञापन पत्र बुझाईएको छ । पत्रमा ‘निजि विद्यालयलाई क्रमश गैर नाफामूलक बनाइने छ भन्ने वाक्य हटाउनुपर्ने, पूर्ण छात्रा भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रावृत्ती दिने प्राब्धानलाई निरन्तरता दिनुपर्ने, छात्रावृत्री अन्र्तगत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक शुल्क कायम हुनुपर्ने’ विषय उल्लेख भएको छ । प्याब्सन तनहुँले यसअघि जिल्ला भित्रका स्थानीय तहलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।













