दुलेगौंडा । दुलेगौंडामा सञ्चालन भएको तीजगीत प्रतियोगितामा कृषि विकास बैंकले आर्थिक सहयोग गरेको छ ।
प्रतियोगितामा बैंककै ब्रान्ड एम्बेसडर रहेकी सावित्री भण्डारी `साम्बा´ उपस्थित भएपछि प्रतियोगितालाई सफल बनाउन बैंकले ३० हजार आर्थिक सहयोग गरेकाे खैरेनीटार शाखाका प्रबन्धक लेखनाथ आचार्यले जानकारी दिए ।

शुक्लागण्डकी उद्योग बाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले निर्धारण गरेकाे पुरस्कारमा प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार थप गरेको थियाे ।

समितिका अध्यक्ष बालकृष्ण विककाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गुरूङ, श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक`राजु´, शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, वाणिज्य उपाध्यक्ष प्रकाश थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संयाेजक रिता कुमारी श्रेष्ठ रहेकी थिइन भने कार्यक्रम सञ्चालन संघका सचिव उपेन्द्र श्रेष्ठ र पत्रकार हरि खरेलले गरेका थिए ।













