दुलेगौंडा । शुक्रबार राति शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा माेटरसाइकल दुर्घटनामा घाइते भएका विष्णु खत्रीकाे मृत्युु भएको छ । ५२ वर्षिय खत्रीको उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते खत्रीलाई सुरूमा उपचारको लागि गण्डकी मेडिकल कलज पाेखरा लगिएको थियाे । मुटुमा चाेट गहिरो रहेकाले पाेखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको थियाे । काठमाडौंमा उपचारको क्रममा उनकाे निधन भएको हाे ।
खत्री पछिल्ला समयमा शुक्लागण्डकी स्वच्छ वातावरण अभियानसँगै नागरिक पहिलो अभियानमा लागेर सामाजिक कार्यकासाथै विकृति विसंगती विरुद्ध आवाज उठाउदै आएका थिए ।













