दुलेगौंडा । निजि तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)ले देशभरीका पालिकाहरुमा प्रस्तावित शिक्षा विधेकमा असन्तुष्टि जनाउर्दै ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय समितिको परिपत्र अनुसार प्याब्सन तनहुँले पनि जिल्ला भित्रका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको हो ।

बिहिबार प्यासन तनहुँका पूर्व अध्यक्ष डा.चन्द्रबहादुर थापा र प्याब्सन तनहुँका वर्तमान् सचिव चोलाकान्त पाण्डेले शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् ।
४ वटा बुदाँमा अुन्तुष्टि जनाउर्दै प्याब्सनले ज्ञापन पत्र बुझाईएको छ । पत्रमा ‘निजि विद्यालयलाई क्रमश गैर नाफामूलक बनाइने छ भन्ने वाक्य हटाउनुपर्ने, पूर्ण छात्रा भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रावृत्ती दिने प्राब्धानलाई निरन्तरता दिनुपर्ने, छात्रावृत्री अन्र्तगत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक शुल्क कायम हुनुपर्ने’ विषय उल्लेख भएको छ ।
प्याब्सनको केन्द्रिय समितिले चरणबद्ध रुपमा पेश गरेको आन्दोलनका कार्यक्रमहरु

ज्ञापत्र पत्रमा उल्लेख गरिएका बिषय














