दुलेगौंडा । सहिदकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः पर्शुराम शर्मा भण्डारी चयन भएका छन् । बिहिबार भएको अभिभावक भेलाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी समिति सदस्यमा युवराज श्रेष्ठ, तिर्थराज गर्तैला, उमादेवी सुवेदी, देउमाया नेपाली, शंकर विक सर्वसम्मत चयन भएका छन् । बाँकी दुई सदस्य समितिको पहिलो बैठकले टुङ्गो लगाउने छन् ।
यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः विष्णुहरि गर्ताैला चयन भएका छन् भने सदस्यमा सर्मिला वि.क, सुरज परियार, होमिशरा गर्ताैला चयन भएका छन् ।












