दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाइसिएल शुक्लागण्डकी नगर समितिले श्रमदानबाट सडम मर्मत गरेको छ । वाइसिएलले शुक्लागण्डकी नगरपालिका–१० ठेसमखोलाको उकालोमा श्रमदानद्वरा सडक मर्मत गरेको हो ।
वाइसिएलका नगर अध्यक्ष दिपेश गुरुङले उकालो सडकमा कालोपत्रे उक्किएपछि सवारी आवतजावतमा समस्या परेकाले श्रमदानबाट सडक मर्मत गरिएको बताए । साथै उनले स्थानीय सरकारबाटै भएपनि छिटो भन्दा छिटो सहज बाटोको निकास दिनुपर्ने बताए ।

श्रमदानमा पूर्व मन्त्री आशा खनाल, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख खुमबहादुर विक (राजु), माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष शरण सापकोटा लगायत पार्टीका सदस्य साथै आम सर्वसाधरण नागरिकको उपस्थिती रहेको थियो ।













