दुलेगौंडा । यसअघि हरेक शनिबार बन्द हुने शुक्लागण्डकीका बजार क्षेत्र आजदेखि खुल्ला हुने भएको छ । नेपालीहरुको महत्वपुर्ण चाडपर्वहरु तिज, दशैँ, तिहारलाई मध्यनजर गर्दै शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बजार खुल्ला गर्ने निर्णय गरेको हो ।
गत श्रावण १६ गते शुक्रबास बसेको संघको बैठकले आजदेखि बजार खुल्ला रहने निर्णय गरेको महासंघका महासचिव सुजन श्रेष्ठले बताए । उनका अनुसार अर्को सुचना प्रकाशन नभएसम्म बजार खुला हुनेछ । अब शनिबार पनि दुलेगौँडा, खैरेनीटार, बेलचौतरा, शेराटार, गणपति, गााछेपानी, कोत्रेबजार खुला हुनेछ ।













