दुलेगौंडा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्ले आयाेजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजङ्गा इङलिस बाेर्डिङ्ग स्कुलकी स्मृति चाैधरी प्रथम भएकी छिन् ।

`संघीयता कार्यान्वयनमा आदिवासी जनजातिकाे भूमिका´ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी १४ विद्यालयलाई पछि पार्दै चाैधरी प्रथम भएकी हुन् । जितसंगै चाैधरीले नगद ६ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
यसैगरी प्रतियोगितामा गाउँफर्काेदय माध्यमिक विद्यालयका सलिना घिमिरे द्वितीय, सुर्यदय बाेर्डिङ स्कुलकी एञ्जिलिना घले तृतीय र लिटल गार्डेनकी एकता गाैतम र खैरेनी माविका शिव श्रेष्ठ सान्त्वना भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४ हजार ५ सय, ३ हजार, १५/१५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

परिषद् उपाध्यक्ष कुलकुमार कुमालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का सल्लाहकार संयाेजक खिम कुमाल, प्रदेश सचिव विमल भुजेल, परिषद्का अध्यक्ष तुलसीकुमारी श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन परिषद्का सचिव सुमन आलेले गरका थिए ।













