दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा रहेको ढोर फूलबारी शहिद अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बहिनी इड्युकेटर फाउन्डेसनको प्राविधिक सहयोगमा अस्पताल परिसरमा उक्त स्वास्थ्य शिविर हुन लागेको हो ।
ग्रामिण क्षेत्रका नागरिहरुको स्वास्थ्य सुधार गर्नका लागि स्वास्थ्य शिविर राखिएको अस्पतालका प्रमुख डा.विज्ञान क्षेत्रीले जानकारी दिए । उनका अनुसार शिविरमा स्त्रीरोग, बालरोग र छालारोग विशेषत्रद्धारा स्वास्थ्य परीक्षण गरिने छ ।
स्वास्थ्य शिविर यही श्रावण १६ गते शुक्रबार अस्पताल परिसरमा हुने छ ।













