दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ तनहुँ–खैरेनीटार र लियो क्लब अफ खैरेनीटार–दुलेगौडा मन्त्रको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम ७३ पिन्ट रगत सङ्कलन भएको छ । प्रादेशीक रक्त सञ्चार पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत सङ्कलन भएको हो ।
अस्पतालमा हुने रगत अभाव हुन नदिनका लागि क्लबले बार्षिक कार्यक्रम अन्र्तगत रहेर रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए । शरिरबाट खेर जाने रगतबाट सङ्कलन गरेर कसैको जिवन बचाउन नै एक पुण्यको कार्य रहेको श्रेष्ठकाे भनाई छ ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्क सिं थापाले लायन्स क्लब सहारा बिहिनको सहारा बन्न सकेको बताए । समाजमा जनचेतना फैलाउनेदेखि दुखीको घाउमा मलमपट्टी गर्न सफल भएको बताए ।
लायन्स क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठकाे सभापतित्वमा सपन्न कार्यक्रममा डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचन , डेपियुटीचिफ एड्भाईजर बालकृष्ण निउरे, चिप प्रोजेक्ट म्यानेजर तथा संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ, पूर्व अध्यक्ष महेश बस्नेत, पिताम्बर तिमिल्सिना, नारायण पोख्रेल, डिष्ट्रिक एड्मिनिस्ट्रेटर तुलशि कुमारी श्रेष्ठ, जोन चियर पर्सन लायन प्रमोद लामिछाने लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रका अध्यक्ष शंकर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।













