दुलेगौंडा । स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पस कमिटीले आयाेजना गरेकाे भानुभक्त स्ववियु फुटसल कपकाे उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ ।
प्रतियोगिताकाे फाइनल खेलमा पञ्चमुनिले तालवेसी माध्यमिक विद्यालयलाई १-० गाेलअन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हाे । जितसंगै पञ्चमुनिले नगद २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपविजेता तालवेसीले नगद १५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु)ले विद्यार्थीकाे व्यक्तित्व र नेतृत्व क्षमत अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । स्ववियुले विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी र संस्थालाई एक अर्काबिच जाेड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
भानुभक्तका स्ववियु सभापति मिलन थापा मगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दिर्घबहादुर थापा, क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, क्याम्पस प्रमुख रमेशबहादुर अधिकारी, शुक्लागण्डकी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख युवराज पाैडेल लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चालन स्ववियु सचिव विनिता भण्डारीले गरेकि थिइन् ।













