दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-८ मान्द्रे राटामाटा फाँटमा असार १५ गते राेपाइँ मेला हुने भएको छ । असार १५ काे महत्त्व सबैलाई बुझाउन र युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गराउन मेला आयाेजना गरिएको मेलाका संयाेजक निशान थापा मगरले बताए ।
राेपाइँ मेलामा असारे गीत गाउनुका साथै मगर बाजा र काैराह नृत्य प्रस्तुत हुने छ । मेलालाई मनाेरञ्जनात्मक बनाउन धान राेप्ने प्रतियोगिता, पुरूष हिले दाैड, पुरूष डाेरी तान्ने प्रतियोगिता र हिलाेमा माछा छाेप्ने प्रतियोगिता हुने भएको छ ।
धान राेप्ने प्रतियोगिता र हिले दाैडमा प्रथम हुनेले नगद २ हजार, द्वितीय हुनेले १ हजार, हिलाेमा डाेरी तान्ने प्रतियोगिता प्रथम हुनेले नगद ३ हजार र द्वितीय हुनेले नगद १ हजार ५ सय र माछा छाेप्ने छाेप्ने प्रतियोगिता प्रथम हुनेले १ हजार प्राप्त गर्ने राेपाइँ मेलाका संयाेजक थापाले बताए ।