दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) काे नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबार बेलुका उक्त नतिजा सार्वजनिक गरेको हाे । जहाँ ६१.८१ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
२०८१ चैतकाे ७ गतेदेखि सुरू भएकाे परीक्षामा तनहुँबाट ६ हजार ३०२ जना परीक्षाका लागि सहभागि भएका थिए ।एसइइ परीक्षामा शुक्लागण्डकीबाट साधारण धारतर्फ १ हजार १६५ जना र प्राविधिक धारतर्फ ८१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।