दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले शान्तिपूर्ण र्याली साथै दिप प्रज्वलन गरी तेस्रो स्थापना दिवस मनाएकाे छ ।
रास्वपाले शुक्लागण्डकी नगरपाले शुक्लागण्डकी नगरपालिका भित्रका काेत्रे, दुलेगौंडा, खैरेनीटार, दाेभान हुँदै भिमाद सम्म सडकमा शान्तिपूर्ण र्याली गरी खैरेनीटार दिप प्रज्वलन कार्यक्रम गरेको थियाे ।
कार्यक्रममा बाेल्दै रास्वपा नगर सभापति हरि खड्काले देशमा परिवर्तन ल्याउन छ भने युवा पङ्क्ति नेतृत्व तहमा आउन आवश्यक रहेकाे बताए । देशमा हुने बेथिति, भ्रष्टाचार र अनियमितताकाे विषयमा रास्वपाले सधै आवाज बुलन्द गर्ने बताए ।