दुलेगौंडा । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि भएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थको लागि योग’ भन्ने मुल नाराको साथमा पतञ्जलि नगर योग समिति र महिला पतञ्जलि योग समिति शुक्लागण्डकीको संयुक्त आयोजनामा दुलेगौंडादेखि खैरेनीसम्म प्रभातफेरि निकालिएको छ ।
योगले व्यक्तिको शारीरिक, मानसिका र संवेगात्मक स्वास्थ्यमा सहयोग पु¥र्याउने हुदाँ योग गर्न आवश्यक रहेको पतञ्जलि नयर योग समितिका महामन्त्री बालकृष्ण विकले बताए । उनका अनुसार शनिबार विहान भएको प्रफातफेरिमा ‘गरौं योग, राहौं निरोग, हट्छ रोग दैनिक गरे योग, योग गर्ने बानी, पुण्यको लगानि, योगनिश्चित वृत्त निरोग’ नारा लगाइएको थियो ।

पतञ्जलि नगर योग समितिका संयोजक एकनारायण गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पतञ्जलि योग पिठका आजीवन सदस्य पबित्रा रिमाल, तनहुँ जिल्ला महिला प्रभारी पार्वती पौडेल, जिल्ला कोषाध्यक्ष नवीन श्रेष्ठ, महिला नगर संयोजक मायादेवी पौडेल, आयुर्वेद डा. विवस बास्तोला लगायतले योग गरी निरोगी हुनुपर्ने कुरालाई जोड दिएका थिए ।













