दुलेगौंडा । नेपाल कम्युनिस्ट पार्टीको माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिले शुक्लागण्डकी नगरपालिकाकाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा योजना निर्माण प्रक्रियामा पार्टीको धारणा र सुझाव पेश गरेको छ ।
बुधबार पार्टीका अध्यक्ष शरण सापकाेटा लगायतका माओवादी नेतागणले नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितलाई उक्त सल्लाह, सुझाव सहितको पत्र हस्तान्तरण गरेको हाे । समितिले ६ वटा मुख्य विषयवस्तुमा केन्द्रित रही राय, सल्लाह, सुझाव पेश गरेको हाे । जहाँ शिक्षा, स्वास्थ्य, कृषि तथा राेजगार, पूर्वाधार, पर्यटन, सडक, सेवा प्रवाह तथा सुशासन, भूमिहिन र सुकुम्बासीलाई लालपुर्जा हस्तान्तरण गर्नुपर्ने कुरालाई जाेड दिएको छ ।