दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकाे २४ ओैं राष्ट्रिय महाधिवेशनमा तनहुँकी स्मृति अधिकारीले अनुशासन आयाेगकाे सचिवमा निर्वाचित भएकी छिन् ।
कुल १४५० मतमा अधिकारीले ७३२ मत प्राप्त गरेकी थिइन् । उनका प्रतिस्पर्धी विश्वराज कार्कीले २६४, सुसन धमाल २५० र सुरेश कुमार धर्तीले २२० मत प्राप्त गरेका थिए ।
अनेरास्ववियुकाे अनुशासन आयाेगकाे अध्यक्षमा ३९६ मत सहित सुमन घिमिरे विजय भएका छन् । यसैगरी उपाध्यक्षमा ५२८ मतसहित आकाश गिरी विजय भएका छन् ।
यसैगरी खुला सदस्यमा आशिष सापकोटा, अनिल भुषाल, पुष्कर अवस्थी, सुजन ढुंगेल, राजेश आचार्य र सन्देश पाैडेल विजय भएका छन् । यसैगरी महिला सदस्यमा स्नेहा केसी, दुर्गा खत्री, प्रशिक्षा काेइराला र उर्मिला कार्की विजय भएका छन् ।