दुलेगौंडा । लायन्स क्लब अफ तनहुँ खेरेनीटारले शुक्लागण्डकी नगरपालिका-३ का १३ परिवारकाे स्वास्थ्य विमा गरेको छ । लायन्सले बुधबार उदेनढुंगामा एक कार्यक्रम गरी ३ वटा गाउँका १३ परिवरकाे स्वास्थ्य विमा गराएकाे हाे ।
कार्यक्रममा बाेल्दै लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ एलका वर्ष २०२५-२६ का ईलेक्ट डिस्ट्रिक्ट गवर्नर एक नारायण शर्माले विपन्न परिवारकाे स्वास्थ्य जीवनस्तर सुधारमा लायन्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
लायन्सका अध्यक्ष महेश्वर बस्नेतले ग्रामीण भेगका धेरै व्यक्ति स्वास्थ्य विमामा जाेडिनसकेकाे हुदाँ आधारभूत स्वास्थ्यकाे पुहुँच विस्तार गर्न विमा हस्तान्तरण कार्यक्रम गरिएको बताए । आर्थिक रूपले विपन्न परिवारलाई हस्तान्तरण गरिएको विमाले बर्षभरी भइपरी आउने स्वस्थ्य सम्बन्धि जटिलता हल गर्न सहयोग पुर्याउने बताए ।
लायन्स क्लबका अध्यक्ष बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट चिफ एड्भाईजरद्वय बाबुराम अधिकारी र अमृत बराल, जिएसटी कोओर्डिनेटर एवम वर्ष २०२५/२६ का क्याबिनेट सेक्रेटरी सुजित हिराचन, सिता बस्नेत, वडा सदस्य केशर थापा, निवर्तमान अध्यक्ष प्रमोद लामिछाने, शुक्लागण्डकी सिस्टर्सका अध्यक्ष तुलसी कुमारी श्रेष्ठ लगायतको सभागिता रहेको थियो । कार्यक्रमकाे सञ्चालन क्लव सचिव हरि तिमिल्सना, स्वागत सुरेन्द्र श्रेष्ठ र धन्यवाद ज्ञापन प्रमोद लामिछानेले गरेका थिए ।