दुलेगौंडा । बागलुङको बुर्तिबाङमा सम्पन्न ५ औँ गण्डकी प्रदेश स्तरीय आइटिएफ तेक्वादो प्रतियोगितामा स्याङ्जा टिम च्याम्पियन बनेको छ भने तनहुँ दोस्रो भएको छ ।
प्रतियोगितामा १५ स्वर्ण, ३ कास्य र ७ रजत पदक सहित स्याङजा टिम च्यापियन बनेको हो । यसैगरी प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ९ कास्य पदक सहित तनहुँ दोस्रो भएको हो भने ४ स्वर्ण, ५ रजत र ११ कास्य पदक सहित आयोजक समुह तृतीय भएको हो ।
५ औँ गण्डकी प्रदेश स्तरीय आइटिएफ तेक्वादो प्रतियोगितामा महिलातर्फ तनहुँकी सालाका श्रेष्ठ र पुरुषतर्फ अहोम गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित भएको आइटिएफ तेक्वान्दो गण्डकी प्रदेशका सदस्य उत्तम थापाले जानकारी दिए ।