दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका भित्रका पर्यटन प्रवर्द्धनका लागि भिडियो कार्यशाला एवम् प्रतिस्पर्धा कार्यक्रम सुरू भएको छ । सम्पदा नेपालकाे आयाेजना, शुक्लागण्डकी नगरपालिकाकाे आर्थिक सहयोग र शुक्लागण्डकी मिडिया प्रालिकाे व्यवस्थापनमा उक्त कार्यशाला सुरू भएको हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले पछिल्लो समय सामाजिक सञ्जाल शक्तिशाली भएर आएको हुदाँ यसकाे सहि सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए । नेट इन्टरनेटमा प्रकाशित सामग्री केही हाउगुजी हुने हुदाँ प्रमाण र तथ्यलाई आधार मानेर विश्वास गर्न आग्रह गरे ।
शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धि थापाले समयकाे माग र आवश्यकता बमोजिमको तालिम सञ्चालन भएको बताए । उनले आगामी दिनमा फाटाे तथा भिडियाेग्राफीबाट नै व्यवसायीक जीवन सुरूवात गर्न पनि तालिमले सहयोग पुर्याउने बताए ।
शुक्लागण्डकी मिडिया प्रालिका अध्यक्ष मनराज गुरूङकाे व्यवहारीक प्रकृतिको तालिम साथै प्रतियोगितात्मक कार्यक्रम रहेकाे हुदाँ ध्यानपूर्वक ज्ञान हासिल गर्न आग्रह गरे । सिकाइ निरन्तर चलिरहने प्रक्रिया रहेकाे हुदाँ व्यक्तिलाई पूर्ण बनाउन यस्ता तालिम काेशेढुङ्गा सावित हुने बताए ।
तालिम शुक्लागण्डकी नगरपालिका-६ झागाझुलीमा भइरहेकाे छ । तालिममा नगर भित्र र बाहिरका २१ जना युवाहरू सहभागी छन् । तालिमकाे मुख्य प्रशिक्षकको रूपमा पत्रकार विनाेद ढुङ्गाना रहेका छन् । कार्यशाला जेठ १५ र १६ गते हुनेछ ।