दुलेगौँडा । पञ्चमुनिदेव माध्यमिक विद्यालय प्राङ्गणमा जारी दाेस्राे एसईई कप छात्र/छात्रा भलिबल प्रतियोगिताकाे पहिलो दिन छात्रतर्फ ११ खेल सम्पन्न भएको छ ।
प्रतियोगिताकाे पहिलो दिन पहिलो चरणका खेलहरूमा आधारभूत मावि, हिमालय मावि, अमरज्याेती मावि, नभप्रभात मावि, जन प्रकाश मावि, रघु मावि, अरनिको खैरेनीटार, लक्ष्मी मावि, जनजुक्त शाही मावि, छब्दी मावि र अभिज्ञान माविले पहिलो चरणमा जित हासिल थर्दै दाेस्राे चरणमा पुगेका छन् ।
प्रतियोगितामा छात्रतर्फ २३ विद्यालय र छात्रा तर्फ ६ विद्यालयकाे सहभागीता रहेकाे छ । प्रतियोगितामा तनहुँ जिल्ला लगायत स्याङ्जा, कास्की, चितवनसम्मका विद्यालयकाे सहभागीता रहेकाे पञ्चमुनिदेव माविका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए ।
पञ्चमुनीदेव माध्यमिक विद्यालयमा आयोजना हुने प्रतियोगितामा प्रथम र द्धितीय हुने समुहले छात्र तर्फ क्रमश ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने छात्रा तर्फ प्रथम र द्धितीय हुने समुहले क्रमस १० हजार र पाँच हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीलाई ‘राइजिङ्ग प्लेयर’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी युवा क्लबकाे आयाेजना, पञ्चमुनिदेव माविकाे सहआयाेजना र शुक्लागण्डकी-४ काे आर्थिक व्यवस्थापनमा उक्त कार्यक्रम सुरू भएको हाे । प्रतियोगिता मार्फत विभिन्न स्थानमा रहेको खेलप्रेमि विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुनुका साथै विद्यार्थीहरु विच भाइचाराको सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शुक्लागण्डकी युवा क्लबका निवर्तमान अध्यक्ष युवराज भट्टराईले बताए ।
क्लबका अध्यक्ष मीन बहादुर थापाकाे सभापतित्व सम्पन्न उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका नगरप्रमख कृष्णराज पण्डित, वडा नम्बर ४ का वडाध्यक्ष राजकुमार वाग्ले, विव्यस अध्यक्ष सन्ताेष श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियाे । प्रतियोगिता जेठ १५ र १६ गते पञ्चुमुनिदेव माविकाे प्राङ्गणमा हुने छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरू २०८१ सालकाे एसइइ परीक्षामा सहभागी भएको हुनुपर्ने छ ।