दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नं ३ र शुक्लागण्डकी जेसीजको आयोजनामा नेतृत्व, व्यक्तित्व, उद्यमशिलता तथा सामाजिक उत्तरादायित्व विकास सम्वन्धि एक दिवसिय तालिम सम्पन्न भएको छ।
शुक्लागण्डकी ३ कवासे स्थित सहिद कृष्ण माविको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालले सहजिकरण गरेका थिए । वडा भित्रका विभिन्न संस्था संस्थाका प्रतिनिधिहरुमा नेतृत्व तथा व्यक्तित्वको विकास गराउने उद्देश्यले आयोजना गरीएको कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डीतले जेसीजले व्यक्तिलाई सहज रुपमा वोल्न सिकाउने वताए । उनले आफू पनि शुक्लागण्डकी जेसीजको संस्थापक सदस्य भएको र जेसीजबाट व्यक्तित्व र नेतृत्व विकासको सवालमा धेरै कुरा सिक्न पाएको वताए ।
कार्यक्रमा वोल्दै शुक्लागण्डकी वडा नं ३ का अध्यक्ष सचिन भुजेलले वडाले पूर्वाधारका योजना मात्र नभई सामाजिक विकासलाई पनि उत्तिकै प्राथमिकता दिएको वताउदै वडा भित्रका संघ संस्थाहरुमा नेतृत्व गर्ने व्यक्तिहरु सक्षम भए मात्रै वडाको विकासले गति लिन वताए । कार्यक्रम जी पि कोईराला श्वास प्रश्वास केन्द्रका सदस्य त्रिलोचन लम्सालले युवाहरुलाई व्यवसायीकता तर्फ उन्मुख गराउन आवश्यक विविध सिप विकासमा जेसीजले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।
शुक्लागण्डकी जेसीजका बर्ष २०२५ का अध्यक्ष प्रकाश विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव सुनिल श्रेष्ठले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक पुकार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा वडा नं ३ का विभिन्न संघ संस्थाका झण्डै सय जना सहभागिहरुको उपस्थिति रहेको थियाे ।