दुलेगौडा । शुक्लागण्डकी नागरिक समाजले गौँ संरक्षण केन्द्रमा सहयोग गरेको छ ।
शुक्लागण्डकी नागरिक समाजको २१ औँ वार्षिक साधारण सभाको अवसरमा गौ संरक्षण केन्द्रमा रहेका गाई वस्तुका लागि १६ हजारको गौ आहार दाना चोकर सहयोग गरेको हो ।
साथै साधारण सभाको अवसरमा समाजले गौ संरक्षण केन्द्रमा गौ स्याहारमा संलग्न कर्मचारीहरुलाई पनि सम्मान सम्मान गरेको हो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक नगर प्रमुख किसान गुरुङ, नागरिक समाजका पुर्व अध्यक्षहरु खेमराज खनाल र विजय पौडेलले समेतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष उमानाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विवेक खनालले गरेका थिए ।