हरि खरेल/दुलेगौँडा । तनहुँको शुकलागण्डकी नगरपालिका भित्र रहेका कक्षा १२ मा अध्ययनरत ७ सय ८३ जना विद्यार्थीले कोरोना विरुद्धको खोप लगाएका छन् । जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप विद्यार्थीहरुलाई लगाईएको हो ।
नगर भित्रका १३ वटा विद्यालयका कक्षा १२ मा अध्यानरत ३ सय ६९ छात्रा (महिला) र ४ सय १४ जना छात्र (पुरुष) विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए । उनका अनुसार १८ बर्ष उमेर पुगेका विद्यार्थीहरुलाई उक्त खोप लगाईएको छ ।
आज नगर भित्रका २, ४, ५, ८ र ११ नंम्बर वडाको खोप केन्द्रबाट विद्यार्थीहरुलाई खोप लगाईएको श्रीबास्तबले बताए । उनका अनुसार आज (सोमबार) छुटेका विद्यार्थीले भोली (मंगलबार) खैरेनिटार हेल्थ पोष्ट दुलेगौँडाबाट खोप प्रदान गरिने छ ।
यस पटक शुकलागण्डकी नगरपालिकामा ९० भाईल खोप प्राप्त भएको थियो । यस पटक जिल्ला शिक्षा कार्यालय तनहुँको तथ्यङ्कको आधारमा नगरपालिकामा खोप प्राप्त भएको बताए ।