दुलेगौडा । राष्ट्रिय स्वतन्त्र पाटी शुक्लागण्डकीको सभापतिमा हरी खड्का चयन भएका छन ।
शनिवार शुक्लागण्डकी नगरपालिकाको वेलचौतरामा सम्पन्न भएको भेलाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा विज्ञान भण्डारी, सचिवमा राजेश पाण्डे, सहसचिवमा तोप बहादुर महत, कोषाध्यक्षमा सुस्मिता खड्का महत चयन भएका छन । भेलाले सदस्यहरुमा बविता केसी खड्का, कृष्णबहादुर राना, पदमराज भुसाल, शालिकराम लामीछाने, दिनेश महत चयन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला अध्यक्ष विश्व बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्ले,केन्द्रीय सदस्य शिव नेपाली, गण्डकी प्रदेशका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम लगायतको उपस्थिति रहेको थियो ।